राप्रपाले बैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने
२०८२ वैशाख ४ बिहिवार
- राप्रपाका नेताहरु रविन्द्र मिश्र र धवल शमशेर राणालगायत प्रदर्शनका क्रममा पक्राउ परेकाहरुको तत्काल रिहाई गर्न उनले सरकारसँग माग गर्ने बताएका हुन् ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत्र १५ गतेको आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरुको रिहाइको माग गरेका छन् ।
राप्रपाका नेताहरु रविन्द्र मिश्र र धवल शमशेर राणालगायत प्रदर्शनका क्रममा पक्राउ परेकाहरुको तत्काल रिहाई गर्न उनले सरकारसँग माग गर्ने बताएका हुन् ।
विहीबार बसेको कार्यसम्पादन समितिको बैठकको निर्णय सुनाउदैँ उनले चैत्र १५ गतेको प्रदर्शनको क्रममा पक्राउ परेकाहरुको तत्काल रिहाई गर्न सरकारसँग माग गर्ने र रिहाइका लागि कानूनी एवम राजनीतिक दुवै लडाइलाई सशक्त रुपमा अगाडि लैजाने निर्णय गरेको बताए ।
उनले भने, ‘उपत्यका भित्रका सबै वडा तहसम्म सबै नेताहरु पुग्ने र संगठनलाई अझै बलियो बनाउने निर्णय पनि गरेका छौं । कार्यक्रमलाई आन्दोलन केन्द्रीत बनाउने निर्णय भएको छ । पार्टीका नेताहरु रविन्द्र मिश्र र धवल शमशेर राणालगायत चैत्र १५ गतेको प्रदर्शनको क्रममा पक्राउ परेको निर्दोष मानिसलाई तत्काल रिहाई गर्न सरकारसँग माग गर्ने र रिहाइका लागि कानूनी र राजनीतिक दुवै लडाईलाई सशक्त रुपमा अगाडि लैजाने निर्णय गरेको छ ।’
यस्तै, उनले आन्दोलन र पार्टी संगठनलाई सँगसँगै लाने भन्दै पूर्वघोषित मिति बैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय पनि गरेको बताए ।
उनले भने, ‘आन्दोलन र पार्टी संगठनलाई सँगसँगै लाने निर्णय गरेको छ । त्यस क्रममा पूर्वघोषित मिति बैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ । बैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।’
राप्रपाका सबै आन्दोलनसँग सम्बन्धित कार्यक्रमहरुलाई व्यवस्थित गर्न एउटा विशेष कमिटी समेत बनाउने निर्णय भएको उनको भनाइ छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।